बिरगंजमा भारतीय नोट सहित २ जना ब्यक्तिहरु पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१९ बैशाख ।

प्रतिबन्धित भारतीय नोट सहित दुई जना मानिसहरू पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

बैशाख १७ गते बेलुकी ३:३०  वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक बिदुर सिवाकोटी  र प्रहरी चौकी ईनर्वा पर्साको वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा  वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको संयुक्त चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ संकास्पद पैदल हिँडी आउदै गरेको अपरिचित व्यक्तिलाई रोकी चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महूई सुघरपुर बस्ने वर्ष ४२ को बिनोद कुमार गुप्ताले पछाडि भिरेको निलो रंगको झोलामा प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-३६३ थान रु.२०० को नोट-१३ थान, रु.१०० दरको नोट-१४५ थान रू.५० दरको नोट-२८ थान गरी जम्मा रु.२,००,०००।– ( दुई लाख ) फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

त्यस्तै पर्सा प्रहरीका अनुसार  बैशाख १८ गते राती ९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता प्रहरी निरीक्षक बिदुर सिवाकोटी  र प्रहरी चौकी ईनर्वा पर्साको वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमै खटिएको संयुक्त चेकिङ टोली चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ संकास्पद रूपमा हिडिँरहेका भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर बस्ने वर्ष ३९ को अमित कुमार सिंहलाई चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निजले  बोकेको झोलाभित्र लुकाई छिपाई राखिएको भारतीय प्रतिबन्धित नोट रु.२००० दरका नोट-२१ थान, रू.५०० दरको नोट-६४४ थान रू.२०० दरको नोट-३३ थान रु.१०० दरको नोट-४५ थान र रू.५० दरको नोट-१४ थान गरी  जम्मा भारतीय रू.३,७५,८००।– ( तिन लाख पचहत्तर हजार आठ सय ) फेला परेको हुँदा उक्त रकम बरामद गरी निजलाई नियन्त्रणमा लिईएको  पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

पक्राउ परेका दुई जनालाई आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *