प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

समाचार

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।

 

उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

 

भियनामा मंसिर १२ देखि १५ गतेसम्म इन्टरपोलको महासभा हुँदै छ ।

 

महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *