भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

बिदेश समाचार

नयाँदिल्ली, १० मंसिर  । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

 

यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले घाइतेहरुको निःशुल्क उपचार गर्न र उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

 

ट्रक चित्रकोन्डाबाट जोदम्बा तर्फ जाँदै गर्दा स्वाभिमान आँचल क्षेत्रको हन्तलागुडा घाटमा दुर्घटना भएको एक वरिष्ठ अधिकारीले बताए । त्यसपछि प्रहरी र स्थानीयले सिमेन्टको बोरामुनि पुरिएका पाँच मजदुरको शव र घाइतेलाई निकालेर अस्पताल पुर्याएका थिए ।

 

पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का एक घाइतेको अस्पतालमा मृत्यु भयो। घाइते कामदारहरूलाई जोडम्बाको नजिकैको सरकारी अस्पताल लगियो र पछि चित्रकोंडा लगिएको थियो ।

 

जानकारीका अनुसार मृतक सबै छिमेकी नबरङपुर जिल्लाको कोसागुमुडा क्षेत्रका बासिन्दा हुन् । नवरङपुरका सांसद रमेश माझीले अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *