अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरद्वारा सवारी दुर्घटना न्यूनीकरण जनचेतनामूलक कार्यक्रम सप्पन्न ।

समाचार

रसीद आलम,बारा,बैशाख १९।

अस्थायी ट्राफिक प्रहरी पोष्ट जितपुरद्वारा सवारी दुर्घटना न्यूनीकरण जनचेतनामूलक कार्यक्रम सप्पन्न भएको छ ।

सो कार्यक्रममा ट्राफिक पोष्ट जितपुरका कार्यालय प्रमुख वरिष्ठ सई टीका राज बरालद्वारा पथलैया बिरगंज सडक खण्डमा  दुर्घटना न्यूनीकरण कार्यक्रम संचालन गरि सडकमा चलेका सवारीहरुलाई कडाइका साथ चेकजाँच गर्ने ,ट्राफिक नियम उलंघन गर्नेलाई जरिवाना गर्ने ,रातिमा ट्ल्कने रातो रंगको रिफ्लेकस्न स्टिकर नभएको सवारीमा स्टिकर टास्ने,प्रष्ट नम्बर पलेट नभएकोलाई एक चोटि चेतावनी दिई नम्बर पलेट प्रष्ट देख्ने गरि लेख्ने जस्ता जनचेतनामूलक कार्यक्रम गरिएको हो।

उक्त कार्यक्रममा सवारी दुर्घटना हुनुको मुख्य कारण के हो ? प्रश्न गर्दा “अनियंत्रित गतिमा सवारी चलाउने , मादक पदार्थको सेवन,क्षमता भन्दा बढी लोड गरेको सवारी तथा ट्राफिक नियमको उलंघन गर्ने सवारीहरु बढी दुर्घटनामा पर्द्छ्न”ट्राफिक पोष्टका वरिष्ठ सई बरालले बताएका छन् ।


यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गर्ने,ट्राफिक नियमको उलंघन गर्ने सवारीहरुलाई जरिवाना गर्ने ,नियन्त्रणमा लिने जस्ता अभियान संचालन गरेर सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भनेर बताएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *