बिरगंज ,२० कार्तिक ।
पर्साको पटेर्वा सुगौलीमा ५०० बोट गाँजा फडानी गरि नष्ट गरिएको छ।
कार्तिक २० गते साँझ ४:०० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरको संयुक्त टोलीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२ चापी गाउँस्थित गादीखोला साझेदारी वन क्षेत्रमा अवैध रूपमा लगाइएको लागुऔषध गाँजाको खेती फडानी गरी नष्ट गरेको छ।
प्रहरी निरीक्षक मोहनजङ बुढाथापाको नेतृत्वमा खटिएको १० जनाको टोलीले अन्दाजी १.५ कठ्ठा जमिनमा लगाइएको करिब ५०० बोट गाँजा नष्ट गरेको हो।
