पर्सामा ई-रिक्सामा छुटेको नगद र गहना सम्बन्धित धनीलाई फिर्ता।

समाचार

बिरगंज ,२० कार्तिक।

जिल्ला प्रहरी कार्यालय पर्साले ई-रिक्सामा छुटेको नगद र गहना सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

कार्तिक १६ गते दिउँसो १:०० बजे बसपार्कबाट मितेरी पुलतर्फ जाने क्रममा भारतको पश्चिमी चम्पारण जिल्लाका २० वर्षीय जुगेश कुमारको रातो झोलामा नेपाली रुपैयाँ ५० हजार  र बिहार, मोतिहारी झाझरा गाउँकी ३५ वर्षीया सिता देवी रौनियारको लेडिज ब्यागमा सुनको कानको बाली र चाँदीको तीन जोडी पाउजु छुटेको थियो। ई-रिक्सा नम्बर मधेश प्रदेश ०२-००१ ह ३०४१ मा छुटेका यी सामग्रीहरूको खोजतलास गर्न धनीहरूले प्रहरी कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि उक्त ई-रिक्सा चालकलाई कार्यालयमा झिकाई सबै सामान सम्बन्धित धनीलाई जिम्मा लगाई फिर्ता गरिएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *