एसपी कुमोध ढुंगेलको सक्रियता: पर्सा प्रहरीले ८५ लाखभन्दा बढीको अवैध खुद्रा र औषधि सहित ट्रक नियन्त्रणमा लियो

समाचार

बिरगंज ,२७ कार्तिक ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलको सक्रियतामा पर्सा प्रहरीले ८५ लाखभन्दा बढीको अवैध खुद्रा सामान र औषधि सहित ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा कार्तिक २५ गते राति ९:३० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ स्थित घण्टाघर चोकमा ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। ट्रकमा रहेको बिल विजकभन्दा बढीको खुद्रा सामग्री र औषधिहरू लोड गरि वीरगञ्जबाट कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।

ट्रकमा लोड गरिएको सामानको अनुमानित मूल्य ८५ लाख ७० हजार २ सय ४० रहेको छ। थप अनुसन्धान र कारवाहीको लागि उक्त ट्रक र सामान राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक भारतीले यो जानकारी दिएका हुन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *