बारा प्रहरीले ६१ लाख बराबरको अवैध सामान नियन्त्रणमा लियो

बिदेश राजनीति समाचार

रसीद आलम ,बारा, १८ मंसिर – जिल्ला प्रहरी कार्यालय बाराले ६१ लाख १३ हजार ८ सय ५५ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

प्रहरीका अनुसार विभिन्न प्रहरी इकाइबाट खटिएका टोलीहरूले चेकजाँचका क्रममा बिल भरपाईभन्दा बढी, स्रोत खुलाउन नसकेका र आवश्यक कागजात नभएका सामानसहितका ट्रकहरू नियन्त्रणमा लिएका हुन्।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज:
मंसिर १६ गते राति ११:२० बजे अमलेखगञ्ज चोकमा प्र.ब.ना.नि. टेकबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुरबाट काठमाडौँ जाँदै गरेको प्र.३-०१-००५ ख ९४२२ नम्बरको ट्रकबाट ३५ बोरा चिनी, ६ बोरा आलु, ५ बोरा प्याज र अन्य खुद्रा सामान नियन्त्रणमा लिएको छ। यस सामानको अनुमानित मूल्य ३ लाख ३६ हजार ७ सय ७ रुपैयाँ छ।

ईलाका प्रहरी कार्यालय जीतपुर:
मंसिर १७ गते बिहान ३:३० बजे जीतपुर चोकमा प्र.ना.नि. मोहनारायण रायको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जबाट पथलैया जाँदै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकबाट तिरपाल, मोबिल, प्लास्टिक डोरी, सुटकेस, बकरम लगायत अन्य खुद्रा सामान नियन्त्रणमा लिएको छ। यस सामानको अनुमानित मूल्य ३१ लाख ७९ हजार २२ रुपैयाँ छ।

प्रहरी चौकी पथलैया:
मंसिर १७ गते बिहान ७:१० बजे पथलैया चोकमा प्र.ब.ना.नि. रोशन अधिकारीको कमान्डमा खटिएको टोलीले वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको प्र.०२-०३-००१ ख ३६८९ नम्बरको ट्रकबाट अटो पार्ट्स, ललीपप, चना दाल लगायत अन्य खुद्रा सामान नियन्त्रणमा लिएको छ। यस सामानको अनुमानित मूल्य २५ लाख ९८ हजार १ सय २६ रुपैयाँ छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार नियन्त्रणमा लिइएका सबै सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *