काठमाडौं, चैत ११ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरेको तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।
सोही क्रममा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल फायरचोक आसपासका विभिन्न स्थानमा चेकजाँच गर्दा युगान्डा (UGANDA) का २० जना महिला नागरिकलाई सार्वजनिक सडकमै हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाई गरी हैरानी दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू
१. )देश UGANDA घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३४ की NAFUNA BRENDA
२.) सोही बस्ने वर्ष ३६ की NANDUT HAJARAH
३.)वर्ष ३० की KIRABO PROSSU
४.) वर्ष ४० की TUSHEMERIRWE SILIVIA
५.) वर्ष ३० की MARGRET KALULE NABUNNYA
६.) वर्ष ३६ की NAKALEMBE HASIFA
७.) वर्ष ३० की TUMUSUME GRACE
८.) वर्ष ३६ की HAGAWA HADIJAH
९.)वर्ष २५ की NAKIMSRA SHADIA
१०.) वर्ष २८ की MBABZI DAPHYNE
११.) वर्ष २५ की AMPEIRE SHIFRAH
१२.) वर्ष ४५ की NANDUDU BEHY
१३.) वर्ष ३८ की NAMBOZU FRANSCICA
१४.) वर्ष ३४ की KAHAMA HAJARAH BAKMULISA
१५.) वर्ष २४ की NIMUSIIMA MACKLEAN
१६.) वर्ष ३६ की NAKATO BENANKANJKO
१७.) वर्ष ४० की NANYANZI
१८.)वर्ष ४२ की NATTU KASITA
१९.) वर्ष २३ की NHUMANSI RBINANH र
२०.) वर्ष ४४ की NALWADDA SPECIOZA रहेका छन् ।
पक्राउ परेकामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ। उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीले पर्यटकीय क्षेत्रको सुरक्षा र मर्यादा कायम राख्न यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
