भारतीय ट्रकको ठक्करबाट बिरगञ्जमा एकको मृत्यु, एक घाइते

समाचार

बिरगञ्ज, चैत ११।  पर्साको बिरगञ्ज महानगरपालिका–१७ अलौ आईसिपी सडक खण्डमा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ४५ वर्षीय इम्तियाज अन्सारी (कबिर) रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीका भिनाजु भारत, बिहार राज्य अन्तर्गत पश्चिमी चम्पारण बैशाखवा निवासी अन्दाजी ६० वर्षीय सराजुल मिया रहेको प्रहरीले जनाएको छ।

घाइते मियाको उपचार भइरहेको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न २२ चक्का भारतीय ट्रक (नम्बर: JH 02 BQ 6919) र चालक भारत, झारखण्ड जिल्ला हजारीबाग–५ निवासी अन्दाजी २५ वर्षीय मनिष कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *