पर्सामा २ करोड ९ लाखभन्दा बढीको हार्डवेयर र औषधिजन्य सामग्री नियन्त्रणमा

बिदेश राजनीति समाचार

रसीद आलम ,बिरगंज ,२० मंसिर ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा २ करोड ९ लाख ६ हजार ८ सय ४२ रुपैयाँ बराबरको हार्डवेयर तथा औषधिजन्य सामग्री नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ।

मिति २०८१ मंसिर १९ गते राति करिब १० बजे पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकमा ना.४ ख ९८५१ र प्रदेश २-०३-००१ ख ६५५७ नम्बरका दुईवटा मालबाहक ट्रकलाई रोकी जाँच गर्दा बिल विजकभन्दा बढी सामान लोड गरिएको पाइएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका सामग्रीको अन्दाजी मूल्य २ करोड ९ लाख ६ हजार ८ सय ४२ रुपैयाँ रहेको छ। ती सामग्री अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन्।

प्रहरीले वीरगञ्जबाट काठमाडौं र विराटनगरतर्फ लैजाँदै गरेका ती ट्रकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यसलाई राजस्व छलीको आशंकामा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *