पर्सामा अबैध सामान नियन्त्रणमा, १२ लाखभन्दा बढीको मालसामान भन्सारमा बुझाइयो

बिदेश राजनीति समाचार

बिरगंज ,२० मंसिर ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट तथा अन्य विभिन्न स्थानबाट भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेका १२ लाख ८७ हजार ३ सय ५५ रुपैयाँ बराबरको विभिन्न सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

सिमा सुरक्षा गुल्म, वीरगञ्जबाट सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० जनाको गाडिमोबाइल टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइएका किराना सामान, कपडा, मोटर पार्ट्स, कस्मेटिक, जुत्ता-चप्पल तथा स्टेशनरीका सामानहरू नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

भन्सारमा बुझाइएका सामानको मूल्य निम्न प्रकारको रहेको छ:
१. किराना सामान: रु १,२४,०२०
२. मोटर पार्ट्स: रु २,३४,३०५

३. कपडा: रु ५,२०,५३०
४. जुत्ता/चप्पल: रु ३६,२००
५. कस्मेटिक सामान: रु २,३३,३००
६. स्टेशनरी सामान: रु १,३९,०००

यी सामानहरू २०७८ मंसिर २० गते १२:५० बजे नियन्त्रणमा लिइएको थियो र २:३० बजे वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *