विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड , आज देखि पशु बलि दिइने

बिदेश राजनीति समाचार

बारा, २३ मंसिर । बारा जिल्लाको महागढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ ।

 

गत मंसिर  १ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ । शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो लागेको छ । देश बिदेश बाट लाखौंको संख्यामा गढीमाई माताको दर्शन गर्न आएका दर्शनार्थीको भिड शनिवार बिहानै देखि लागेको छ ।

 

विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थीले मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।मंसिर २३ गते आज आईतवार विशेष पूजा सम्पन्न भए पछि पशु बलि दिइने सुरु हुने कार्यक्रम तय भएको मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।यस बर्षको विश्व प्रसिद्ध गढीमाई मेलामा अब दर्शनार्थी आउने क्रम सुरु भएकोले भिडभाड बढेको नगरप्रमुख यादवले बताए ।

 

देश तथा बिदेश बाट आउने दर्शनार्थीहरुको बास ,खाने लगाएतको ब्यवस्थापनमा मेला समितिले कुनै कसर बाकी नराखेकोले दर्शनार्थीहरुलाई मेला अवलोकन गर्नमा सहज भएको देखिएको छ । शनिवार बिदा भएकोले अरु दिनको तुलनामा आज दर्शनार्थीहरुको घुइँचो लागेको थियो  ।गढीमाई मन्दिरका मुल पूजारीले नर बलि दिए पछि मात्र गढीमाई मेलामा पशु बलि दिइने मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।

 

अहिले पशु बलिको लागि मेलामा करिब २ हजार रङा आईसकेको र अझै रङा आउने क्रम जारी रहेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ ।मंसिर  १ गते देखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्ने छ । अरु बर्षको गढीमाई मेलाको तुलनामा यस बर्षको गढीमाई मेलामा ब्यवस्थापन राम्रो भएको दर्शनार्थीहरुले बताएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *