खानेपानी मन्त्री यादवद्वारा प्रगतिविवरण पेस गर्न निर्देशन, आयोजनामा ढिलाइको कारण स्पष्ट गर्न आग्रह

बिदेश राजनीति समाचार

काठमाडौ ,८ पुस ।

खानेपानी मन्त्री प्रदीप यादवले आज मिति २०८१ पुस ८ गते मन्त्रालय मातहतका सबै निकायलाई हालसम्मको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिएका छन्।

खानेपानी मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले हाल भइरहेका आयोजना तथा कामहरूको प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएका हुन्। उनले कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको जनाउँदै त्यसको कारण लिखित रूपमा पेस गर्न पनि आग्रह गरेका छन्।

यस्तै, खानेपानी क्षेत्रका कुनै काम रोकिएको भए वा कुनै बाधा अवरोध भए तत्काल जानकारी गराउन निर्देशन दिएका छन्। मन्त्री यादवले जनतालाई शुद्ध र सफा पानी उपलब्ध गराउनु आफ्नो प्रमुख दायित्व भएको जनाउँदै नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी प्रभावकारी काम गर्न सम्बद्ध निकायलाई आग्रह गरेका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *