बिरगंज नगर प्रमुख सिंहद्वारा नारायणी क्रिकेट रंगशालाको अनुगमन, खेलकुद मन्त्री जयसवालसँग छलफल

बिदेश राजनीति समाचार

बिरगंज ,८ पुस ।

बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज बिहान नारायणी क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपश्चात् उनले मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालसँग आफ्नो कार्यकक्षमा रंगशालाको विकास र व्यवस्थापनका विषयमा छलफल गरेका छन्।

छलफलमा रंगशालाको भौतिक संरचना सुधार, खेलकुद गतिविधिको प्रवर्द्धन, र खेलाडीहरूको क्षमता विकासका लागि आवश्यक कदमहरूबारे चर्चा गरिएको नगर प्रमुख सिंहको कार्यालयले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *