महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीको पशुपतिनाथ मन्दिर दर्शन, शान्तिपूर्ण निर्वाचनको कामना

समाचार

काठमाडौं, ४ फागुन ।प्रधानमन्त्री सुशीला कार्कीले महाशिवरात्रिको पावन अवसरमा विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन तथा पूजा–आराधना गरेकी छन्।

प्रधानमन्त्री कार्कीले दर्शनपश्चात सामाजिक सञ्जालमार्फत देशमा सद्भाव, सकारात्मक ऊर्जा र शान्तिपूर्ण निर्वाचनको कामना व्यक्त गरेकी छन्। उनले महाशिवरात्रिको अवसरले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहिष्णुता र शान्तिको भावना बलियो बनाउने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले पशुपतिनाथ दर्शनको अवसर प्राप्त हुनु आफ्नो लागि सौभाग्यको विषय भएको उल्लेख गर्दै दर्शन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति आभार व्यक्त गरिन्। साथै, अत्यधिक भीडभाडका बीच पनि धैर्यतापूर्वक दर्शन गर्ने तीर्थालुहरूले देखाएको सद्भाव र सम्मानप्रति उनले कृतज्ञता व्यक्त गरिन्।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा हजारौं भक्तजनहरूको उपस्थिती रहेको थियो। सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरूले दर्शन व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विशेष व्यवस्था मिलाएका थिए।

प्रधानमन्त्री कार्कीले “हर हर महादेव” उद्घोषसहित सम्पूर्ण नेपालीमा धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *