बिरगंज गुल्मका डिएसपी रिजालको कमान्डमा ४० लाखको भारतिय कार र ८ लाख हुन्डीको रकम बरामद ।

समाचार

बिरगंज ,३१ भदौ।

सशस्त्र प्रहरी बल नेपाल पर्सा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी ) सुरज रिजालको कमान्डमा खटिएका टोलिले ४० लाखको भारतिय कार र ८ लाख स्रोत नखुलेको हुन्डीको रकम बरामद गरेको छ।

प्रज्ञापन पत्र एवं सुबिधा पास समेत नभएको एमपी ०४ सिके ७४४१ नम्बरको भारतिय सवारी साधन कारलाई बिरगंज  -१६ भन्सार मेनगेट नजिकबाट बेवारिसे अवस्थामा पार्किङ् गरी राखेको अवस्थामा नियन्त्रणमा लिईएको सशस्त्रले जनाएको छ।

सो कारको मुल्य रु. ४० लाखको मुल्यांकन गरि आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

त्यस्तै ,गुल्म बिरगंजबाट खटीएको डिउटी टोलीले बिरगंज  -१६ भन्सार मेनगेट स्थित चेकप्वाईन्टमा भारतबाट नेपालतर्फ आउदै गरेको ना ५४ प ९६८४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका  -२ बस्ने बर्ष ५० को एक पुरुष र बर्ष ४५ की एक महिलालाई नियन्त्रणमा लिएको छ।

निजहरुले झोला र कम्मरमा लुकाई छिपाई बिरगंज तर्फ ल्याउदै गरेको श्रोत नखुलेको नेपाली रुपैया ८ लाख भेटिएकोले उक्त नगद सहित  रु. २ लाखको मोटरसाइकल बरामद गरि निजहरुलाई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *