रसीद आलम,बिरगंज ,३१ जेठ ।
सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गण हे.क्वा.द्वारा २५ लाख भन्दा बढि मुल्यको सामान पक्राउ गरेको जनाएको छ।
आज बेलुका २:४० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १० आदर्शनगर स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलिले भारत बाट अबैधरुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका लता कपडा, स्मार्टघडी, एयर पट नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल,नेपाल नं. १३ गण हे.क्वा.पर्साका प्रमुख एसपी सुमन थपलियाले जनाएका छन् ।
उक्त पक्राउ परेका विभिन्न सामानहरुको मुल्य रु. २५ लाख २५ हजार ६ सय बराबरको मुल्यांकन गरि आवश्यक कार्वाहीको लागी बिरगंज भन्सार कार्यालय बुझाउने प्रकृया भईरहेको सशस्त्र प्रहरी बल नेपाल पर्साले जानकारी गराएको छ।