जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा ५४ लाख बराबरको सुन सहित एक ब्यक्ति पक्राउ ।

समाचार

रसीद आलम, मकवानपुर ,३१ जेठ ।

हेटौंडामा ५६१.३० ग्राम सुन सहित १ जना मानिसलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार राती बिहान ३:३० बजेको समयमा विशेष सुचनाको आधारमा  हेटौंडा  उ.म.न.पा.वडा नं. १५ स्थित रातोमाटे चेक पोष्ट अगाडी सडक खण्डमा ईलाका प्रहरी कार्यालय  पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले काठमाण्डौ तर्फबाट आउदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको यात्रु बाहक बसमा सवार भई आएका बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २२ को किशन साहलाई शंका लागी निजको शरिर तथा झोलाको खानतलासी गर्दा निजले लगाएको जुत्ताको नोक भित्र ३ थान सुन जस्तो देखिने पहेलो धातु ५६१ .३० ग्राम फेला परेको हुँदा निज किशन साहलाई नियन्त्रणमा लिईएको हो।

नियन्त्रणमा लिएको उक्त सुनको बजार मुल्य रु.५४ लाख  ४८ हजार ५ सय ४२ (चउन्न लाख अर्चालिस हजार पाच सय बयालिस ) रहेको अनुमान प्रहरीले गरेको छ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको मकवानपुर प्रहरीका डिएसपी टेकबहादुर कार्कीले जनाएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *