रसीद आलम,हेटौंडा ,३१ जेठ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार छली चोरीपैठारी गरि ल्याएको अबैध कपडा पक्राउ गरेको जनाएको छ।
मकवानपुर हेटौंडा उ.म.न.पा.वडा नं. १५ स्थित रातोमाटे चेक पोष्ट अगाडी सडक खण्डमा बिहान् १०:३०को समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाच गर्ने क्रममा बिरगंजबाट पोखरा तर्फ जादै गरेको ग २ ख ६९२ नम्बरको यात्रु बाहक बसको डिक्की भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा साडी १०० पिस, सल ६०० पिस बरामद गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय मा ल्याई थप अनुसन्धान कार्य भईरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताएका छन् ।
पक्राउ गरिएको अबैध कपडाको बजार मुल्य रु. १ लाख ०५ हजार ०००।- अनुमान गरिएको प्रहरीले जनाएको छ।