सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन समारोह सम्पन्न

समाचार

ककनी, २३ कार्तिक ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (सि.सं. १७ (क)) को समापन समारोह सम्पन्न भएको छ ।

यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा आयोजित उक्त समारोहमा प्रमुख अतिथि महानिरीक्षक अर्यालले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई ज्ञापन गर्दै जिम्मेवारीप्रति इमानदार, अनुशासित र सेवामुखी भएर कार्य गर्न आग्रह गरे ।

उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूले आवश्यक शारीरिक, मानसिक, व्यावसायिक तथा नेतृत्व सीपसम्बन्धी तालिम प्राप्त गरेका थिए । कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा र सीमा व्यवस्थापनमा योगदान पुर्‍याउने दक्ष जनशक्ति उत्पादनका लागि यस्ता तालिमहरूलाई निरन्तरता दिइरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *