भारतमा १६ वर्षीया नेपाली किशोरी बेपत्ता

समाचार

धनगढी, २ साउन । कैलालीकी एक किशोरी भारतमा बेपत्ता भएकी छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको व्यवस्थित नगरकी १६ वर्षीया मेनुका खनाल भारतको मुम्बईबाट बेपत्ता भएकी हुन् । उनी भारतको मुम्बईस्थित कान्दिवली पटेल नगरबाट असार ३० गते साँझदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

उनलाई फेला पार्नेले नजिकैको प्रहरी चौकी तथा मोबाइल नम्बर +९१९९३०३६०८७६ र +९१९१६७१७७८१३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *