काठमाडौ ,१ साउन ।
कुटपिट गरेको आरोपमा सानु भाई भन्ने युवराज गुरुङ र उसको समूहका ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौ म.न.पा ठमेल स्थित रहेको ओमनिया क्लबमा असारको पहिलो हप्ता सानु भाई भन्ने युवाराज गुरुङ समेतका समुहले उक्त क्लवमा आएका सेवाग्राहीसँग वाद विवाद भई झै-झगडा भएकोमा असार१५ मा राती २ बजेको समयमा सो क्लवका संचालक राजेन्द्र गुरुङ तथा सुरक्षामा खटिएका कर्मचारीहरु माथि कुटपिट गरि फरार रहेकोमा जिल्ला प्रहरी परिसर काठमाण्डौको विशेष टोलिले खोजतलास गर्ने क्रममा निज सानुभाई समेतको समुहहरुलाई असार २९ गतेमा नागढुङ्गावाट पक्राउ गरेको काठमाडौ प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनि ५ घर भई हालका गंगवु वस्ने वर्ष ३३ को सानु भाई भन्ने युवराज गुरुङ , टोखा न.पा १० घर भई हाल मनमैजु बस्ने बर्ष ३३ को बिक्रम अधिकारी ,तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुवास कायष्थ ,तनहु व्यास न.पा २ घर भई बस्ने बर्ष ३२ को सुरज कायष्थ ,नुवाकोट पञ्चकन्या गा.पा ५ घर भई हाल काठमाडौ गंगवु वस्ने वर्ष २९ को कमल तामाङ ,नुवाकोट ककनि ५ घर भई हाल काठमाडौं गंगवु वस्ने वर्ष ३५ को निरज गुरुङ रहेका छन्।
साथै सो घटनामा संलग्न रधु तामाङ ,विनोद तामाङ तथा शेरलाल पौडेललाई पहिला नै पक्राउ गरीएको प्रहरीले जानकारी गराएको छ।
आरोपीहरुमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भईरहेको उपत्यका प्रहरीले जनाएको छ।
