पर्सा प्रहरीद्वारा १ करोड ४३ लाख बराबरको हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको ट्रक र पिकअप पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,१ साउन ।

बिल विजक भन्दा बढी हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको मालबाहक ट्रक र पिकअप वीरगञ्जबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

वीरगञ्जबाट काठमाण्डौ तथा बुटवलतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार १:१० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५ गण्डक स्थित सडकखण्डबाट ना.५ ख ६९५९ नम्बरको मालवाहक ट्रक र प्रदेश ३-०१-०२२ च ३५५५ नम्बरको पिकअप गाडी  रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त गाडीहरूलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका ट्रक, पिकअप र सो भित्र लोड रहेको लत्ताकपडाहरुको मुल्य रू. १ करोड ४३ लाख ६४ हजार २२ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै  राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *