न्यायिक हिरासतका थुनुवा र प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण हुने

समाचार

वीरगञ्ज,१ असोज  । जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयर प्रा.लि.बीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

असोज १, २०८३ मा भएको सम्झौताअनुसार न्यायिक हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीलाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।

सम्झौताले हिरासतमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाको नियमित निगरानीसँगै प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकतामा राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनका क्रममा उत्पन्न हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारमा सहयोग पुग्नेछ। त्यस्तै, न्यायिक हिरासतमा रहेका थुनुवालाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था निःशुल्क रूपमा उपलब्ध हुने जनाइएको छ।

सम्झौताले प्रहरी सेवा प्रवाहसँगै थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य अधिकार र कल्याणलाई संस्थागत रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *