भन्सार छली ल्याएको अबैध सामानहरु पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

बिरगंज ,२ साउन ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय विर्ताको टोलीले चोरी पैठारी गरी ल्याएको लेडिज कुर्था सुरुवाल ७९ पिस,लेडिज सल २०६ पिस, लेडिज कुर्थाको थानवाला कपडा ४० थान,  सुतिको थान कपडा १० थान र साडि १० पिस बरामद गरेको छ।

त्यस्तै प्रहरी चौकी ईनर्वाको टोलीले कुर्ता सुरवाल थान कपडा-८ थान बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

बरामद गरेका सो अबैध कपडाहरुको रु. ३ लाख  २५ हजार २ सय बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *