सशस्त्र प्रहरी पर्साद्वारा साढे १२ लाख बराबरको भन्सार छलीका सामान बरामद ।

समाचार

बिरगंज ,३१ भदौ।

सशस्त्र प्रहरी बल नेपाल पर्साले १२ लाख ८८ हजार ७ सय ७० बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ।

भदौ ३१ गते सोमबार सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलिले बिरगंज महानगरपालिका -१५ स्थित रहेको प्रतिमा चोकबाट भन्सार छलिका बिभिन्न सार्वजनिक सवारी साधन बसहरुमा लोड गरी लुकाई छिपाई काठमाण्डौ तर्फ लैजादै गरेको रु.११ लाख ५८ हजार ७ सय ७० बराबरको खजुर,कपडा तथा बिभिन्न किसिमका ईलेक्ट्रोनिक्स सामनहरु बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जनाएका छन् ।

त्यस्तै , आजकै मितिमा नं १३ गण मातहतको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटीएको टोलीले  रु.१ लाख ३० हजार बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *