अबैध लागु औषध सहित एक जनालाई प्रहरी चौकी ईनर्वाद्वारा पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,३ जेठ ।

लागु औषध सहित एक जना ब्यक्तिलाई प्रहरी चौकी ईनर्वाले पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार जेठ २ गते बेलुकी २:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाका वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको नियमित चेकिङ्ग टोलीले शंकास्पदरूपमा पैदल हिंडिरहेका जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १ बस्ने वर्ष १८ को सुनिल यादवको शरिरलाई कानूनी रीत पुर्‍याई चेकजाँच गर्दा निजको शरिरको कम्मर पेटीको भागमा लुकाइछिपाई ल्याएको लागु औषध नाईट्राभेट १० पत्तामा जम्मा ३०० ट्याब्लेट  फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई आज पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद लिइ थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *