गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो,वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण

बिदेश समाचार

मस्को, ८ मंसिर  । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ  स्वदेश फर्काइएको छ ।

 

गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।

 

रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन्।

 

पछिल्लो स्वदेश फिर्तीले गाजाबाट निकालिएका रुसीहरूको कुल संख्या ७५० भन्दा बढी पुगेको छ  ।

युद्द बिराम भनिए तापनी इजरायलले प्यालेस्टाइनी भुमीमा थप हमला गरिरहेको छ ।

अनलाइन पोस्ट गरिएको र अल जजीराको सनद इकाईले प्रमाणित गरेको भिडियोमा इजरायली सेनाले रामल्लाहको उत्तरपश्चिममा रहेको अल मजरा अल गरबिया सहरमा आक्रमण गरेको देखाइएको छ।

 

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले पनि जेनिन क्षेत्रमा छापा मार्दा तीन जना घाइते भएको र उपचारका लागि जेनिन अस्पताल लगिएको बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *