मुम्बई बिमानस्थलमा बिष्फाेट गराउने धम्की, सुरक्षामा गरियाे एकाएक कडाइ

बिदेश समाचार

मुम्बई, ८ मंसिर । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की प्राप्त भएको छ ।

 

यो धम्की बिहीबार इमेल मार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनु पर्ने माग गरिएको थियो ।

 

यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी( त्रगबष्मबअबकचय२िनmबष्।िअयm प्रयोग गरेर धम्कीपूर्ण मेल पठाएकोमा एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेको छ।’ प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेड (एमआईएएल) को फिडब्याक इनबक्समा पठाइएको थियो।

 

धम्की दिने इमेलमा लेखिएको थियो, विषयः  ब्लास्ट।

 

‘यो तपाईंको एयरपोर्टको लागि अन्तिम चेतावनी हो। यदि ४१ मिलियन बिटकोइन ठेगानामा ट्रान्सफर गरिएन भने हामी ४८ घण्टा भित्र टर्मिनल २ उडाउनेछौं। एक अर्को अलर्ट २४ घण्टापछि आउनेछ।’

 

हाल प्रहरीले भारतीय दण्ड संहिता (आईपीसी) को धारा ३८५ अन्तर्गत मुद्दा दायर गरेको छ।

 

विषयको गम्भीरतालाई मध्यनजर गर्दै विमानस्थल र आसपासको सुरक्षा व्यवस्था बढाइएको छ । यससँगै पुलिसले आईपी ठेगाना पत्ता लगाएको छ, जसबाट यो धम्कीपूर्ण इमेल पठाइएको थियो। अहिले धम्की दिने इमेल पठाउने व्यक्तिको पहिचान गर्न प्रहरी व्यस्त छ । यसअघि पनि मुम्बई पुलिसलाई धेरै धम्कीपूर्ण कलहरू आएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *