पर्सामा ब्राउन सुगरसहित दुई जना पक्राउ

समाचार

वीरगञ्ज, असार ८ ।पर्सामा लागू औषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी ईनर्वा र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट १ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा लागू औषध फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा लागू औषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी र चेकजाँचलाई थप कडा बनाएको छ। पछिल्लो समय प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा लागू औषधसहित व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दै गएको छ।

प्रहरीले लागू औषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाइएको जनाएको छ। यस अभियानले लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि नियन्त्रण कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *