नारायणी ट्रासपोर्टबाट पठाईएको ३१ लाख बराबरको मालबाहक ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,३ जेठ ।

बिल बिजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको नारायणी ट्रासपोर्टका ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  बिल विजक भन्दा बढी हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट रौतहटतर्फ गईरहेको विशेष सूचनाका आधारमा  जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज  विहान  ४:४५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित बाईपास सडकखण्डमा ना ८ ख ३५८४ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा नारायणी ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रक नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

सो पक्राउ परेका हार्डवेयर, स्टेशनरी खुद्रा तथा लत्ताकपडा लगायतका सामानहरूको अन्दाजी मुल्यरू.३१,८९,९३६।- (एकतीस लाख उनानब्बे हजार नौ सय छत्तीस) रहेको अनुमान गरिएको छ।उक्त सामानहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *