वीरगञ्ज कारागारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकद्वारा निरीक्षण

समाचार

पर्सा,  वैशाख ३१ ।

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी  गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको उपस्थितिमा वीरगञ्ज कारागारमा रहेका कैदी तथा थुनुवाहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

उक्त निरीक्षणको क्रममा कारागारमा रहेका बन्दीहरूको अवस्था, सुरक्षाको व्यवस्था, बसोबास तथा खानपानको अवस्था लगायतका विषयमा जानकारी लिइएको थियो। निरीक्षण टोलीले कैदी तथा थुनुवाहरूको अवस्थाबारे बुझी आवश्यक निर्देशन समेत दिएको जनाइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *