वीरगंजमा तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न

समाचार

पर्सा,  जेठ १ ।

आज बिहीबार बिहान ६:३० बजे वीरगंज महानगरपालिका वडा नं. १० स्थित जैनहलको प्राङ्गणमा तनाव व्यवस्थापनसम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम वडा प्रहरी कार्यालय विर्ता पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगंजको सहयोगमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट लगायत अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा जैन धर्मगुरुहरूले शारीरिक तथा मानसिक तनावलाई कसरी प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण जानकारी तथा व्यवहारिक अभ्यासहरू प्रस्तुत गरे।

उनीहरूले ईश्वरले प्रदान गरेको शरीरलाई स्वस्थ र सन्तुलित राख्न योग, ध्यान, अनुशासित जीवनशैली तथा सकारात्मक सोचका महत्त्वपूर्ण पक्षहरूबारे प्रकाश पारे।

उक्त कार्यक्रम बिहान ७:३० बजे सफलतापूर्वक सम्पन्न भएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *