हायात होटलको क्यासिनोमा चोरी, आगजनी र तोडफोडमा संलग्न दुई अभियुक्त पक्राउ

समाचार

काठमाडौँ, १५ मंसिर ।
भदौ २३ र २४ गते काठमाडौँमा भएको प्रदर्शनका क्रममा बौद्धस्थित हायात होटल भित्रको क्यासिनोमा अपरिचित समूहले धारिलो हतियार प्रयोग गर्दै काउन्टरमा राखिएको नगद रकम चोरी गर्ने, क्यासिनोभित्रका संरचना तोडफोड तथा आगजनीसम्म गरेका थिए। घटनापछि फरार रहेका आरोपितहरूको खोजतलासका क्रममा प्रहरीले सफलता हात पारेको छ।

घटनामा संलग्न रहेको आशंकामा काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ४२ वर्षीय सेठ्ठठी भन्ने दावा शेर्पा र बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने २९ वर्षीय रने भन्ने रन्जित खड्गीलाई मंसिर १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रउ पवन कुमार भट्टराईले जानकारी दिए।

दुवैजनामाथि चोरी तथा डाँका सम्बन्धी कसूर र आपराधिक उपद्रवको अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *