राजावादीको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु

समाचार

काठमाडौं ,१५ चैत ।

राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ।

राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।

उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।

 

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु:

राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।

कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो।  त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो।

उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *