रमजानको अवसरमा ५० विपन्न परिवारलाई कपडा वितरण

समाचार

वीरगंज, चैत १५।

समाजसेवी तथा राजनीतिज्ञ शेख रुस्तमले रमजानको अवसरमा करिब ५० जना गरिब तथा विपन्न परिवारलाई कपडा वितरण गरेका छन्। वीरगंज महानगरपालिका-१३, मुडली नया टोलामा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त सहयोग गरेका हुन्।

नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानले शेख रुस्तमको यो पहललाई सराहनीय बताउँदै सामाजिक सेवामा उनको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। स्थानीय बासिन्दाहरूले पनि रमजान महिनामा गरिएको यस सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *