रक्सौल ,६ बैशाख।
१३ वर्षीया नाबालिकालाई ललाई फकाई लगिरहेको अवस्थामा ३ जनालाई भारतीय एएचटीयू एसएसबीले मितेरी पुलमा पक्राउ गरेको छ।
मानव तस्कर रोधी इकाई क्षेत्रक मुख्यालय बेतिया कार्यालय ४७ वी वाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चंपारण बिहारका इंस्पेक्टर मनोज कुमार शर्माको कमान्डमा विशेष सूचनाको आधारमा तीन व्यक्तिसहित एक भारतीय नाबालिकालाई मितेरी पुलमा अवस्थित भारतीय एस एस बि महिला हेल्प डेस्क नीर पक्राउ गरिएको भारतीय सिमा सुरक्षा बलले जनाएको छ।
पुछताक्षको क्रममा तेरह वर्षीय नाबालिकलाई शादिको झांसा दिई बिहारको वैशालीबाट तमिलनाडु,दिल्ली हुदै नेपाल लगिरहेको अवस्थामा पक्राउ गरिएको एसएसबिका इंस्पेक्टर मनोज कुमार शर्माले बताए।
पक्राउ परेका राजीव रोशन, राकेश रोशन और दिलीप कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैइरहेको तथा नाबालिकाको आफन्त संग सम्पर्क भएको शर्माले जनाए।
कानुनी प्रक्रिया पूरा गरि नाबालिकाललाई आफन्तको जिम्मा लगाईने ईन्सपेक्टर शर्माले बताएका छन् ।
इंस्पेक्टर मनोज कुमार शर्माले तिनै जना आरोपीसंग सोधपुछको क्रममा दरोगा शिवनाथ मिश्रा (बागी बलिया वाले), हवलदार अरविंद द्विवेदी, सिपाही पम्मी मिश्रा, सिपाही अन्नामनी, हवलदार ओम प्रकाश जाट, प्रयास जुबेनाइल से अभिषेक लगायत अन्यको उपस्थिति रहेको बताए।