पर्सा,६ बैशाख।
बिरगंज महानगरपालिका वार्ड नं.२२ मा रामनवमीको अवसरमा आयोजित श्रीभवानी मेलाको उद्घाटन भएको छ।
जगरनाथपुर युवा क्लबद्वारा आयोजित श्रीभवानी मेलाको उद्घाटन बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले गरे।श्रीभवानी मेलाका प्रमुख आतिथ्यको रूपमा आलमले फिता काटी बिधिगतरुपले उद्घाटन गरेका उप प्रमुख आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।
मेलामा युवा क्लबले कुस्ती प्रतियोगिताको आयोजना गरेको छ । कुस्ती प्रतियोगितामा विभिन्न ठाउँका खालिफाहरुको सहभगिता रहेको आयोजक समितिले बताएको छ।
उपप्रमुख इम्तियाज आलमले खलिफाहरुलाई एक आपसमा हात मिलाउँदै आखडामा कुस्ती गराएका थिए। “यस्तो प्रतियोगिता हुनुपर्छ म धन्यवाद दिन चाहन्छु जगरनाथपुर युवा क्लबलाई कि वहाँहरु यस्तो मेला को आयोजना गर्नु भएको छ। आउने दिनहरुमा मसंग कुनै किसिमको सहयोग चाहिएमा म सहयोग गर्न तत्पर छु” भनी प्रतिबद्धता जनाए । युवाहरुको हौसला बढाउदै मेलाको सराहाना गर्दै आलमले धन्यवाद व्यक्त गरे।
मन्तव्यको क्रममा बिरगंज महानगरपालिका वार्ड नं. २२ का वडा अध्यक्ष दोवारिका महतोले उप प्रमुख आलमलाई धन्यवाद दिदै भने उप प्रमुख आलम हाम्रो वडाको लागि र वडाबासीहरुको लागि सहयोग गर्न सधैं अगाडि रहनु हुन्छ र यस्तो मेला हरेक वर्ष युवा क्लबले आयोजना गर्ने छन म बिश्वास लिएको छु ।
सो मेलामा सभ्य र भब्यका साथ् स्थानीयहरुको उपस्थिति रहेको उप प्रमुख आलमका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।