पर्सा:पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरी एक्सनमा,अबैध काठ सहित बालुवा गिट्टी लोड रहेको ३ वटा ट्याक्टर पक्राउ।

समाचार

पर्सा,१९ मंसिर ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख भएर आएका दिन देखिनै प्रहरी निरीक्षक राम राजा केशरीले आफ्नो ईलाकामा शान्ति सुरक्षा कायम गर्ने देखि चोरी तस्करी,अबैध उत्खनन , काठ तस्करी तथा लागू औषध गाजा नियन्त्रण गर्न अभियान नै सन्चालन गरेका छन् ।सोही अभियानकै क्रममा प्रहरी निरीक्षक केशरीले पराल भित्र लुकाई छिपाई राखिएको अवस्थामा भारी मात्रामा अबैध काठ बरामद गरेका छन् ।

विशेष सूचनाको आधारमा मंगलवार साझ ५:३० बजे पर्सागढी नगर पालिका -१ कोईलाभारमा परालको टालभित्र लुकाई छिपाई राखिएको  साल जातका काठ ७ वटा गुलिया पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमान्डमा खटिएका अस्थायी प्रहरी पोष्ट मनवाका सन्युक्त टोलिले सो अबैध साल जातको काठ बरामद गरेको हो।जसको साईज ७ फिट लम्बाइ ४० ईन्च मोटाई भएको १ थान,लम्बाइ ४ फिट मोटाई ३५ ईन्चको २ थान तथा लम्बाइ ४ फिट मोटाई ३० ईन्चको ४ थान गरि जम्मा ७ थान रहेको छ।

बरामद गरेको काठलाई सब डिभिजन वन कार्यालय सखुवनिया पर्सामा बुझाई काठ तस्करीमा संग्लन ब्यक्तिहरुको खोज तलाश भैरहेको प्रहरी निरीक्षक केशरीले जनाएका छन् ।

पर्साको करजनिया खोलाबाट अबैध उत्खनन गरि बालुवा गिट्टी लोड गरि ल्याईरहेको अवस्थामा तिनवटा ट्याक्टर पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

पक्राउ परेका ना ४ त ६२४६,ना ६ त ७३५५ र ना ५ त ५०५२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा राखी थप अनुसन्धान तथा आवश्यक कार्वाही भैरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *