भारतबाट भन्सार छलि ल्याइएको २ लाख भन्दा बढीका गहुँ सशस्त्र प्रहरीद्वारा बरामद

समाचार

पर्सा, वैशाख ३१ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्सा र प्र.सी.सु. गुल्म अलौबाट खटिएको संयुक्त टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको ठूलो परिमाणको गहुँ र चामलको कनिका बरामद गरेको छ।

टोलीले बिन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टी नाकाबाट खेतमा लुकाइ राखिएको अवस्थामा रू. २,३१,०२० बराबरको १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरीले भन्सार छलिका अवैध सामानको ओसारपसार रोक्न सशक्त अनुगमन जारी राखेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *