पर्सा, साउन २७ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले पर्साका विभिन्न सीमावर्ती क्षेत्रबाट तस्करी गरी ल्याइएको ५ लाख ३३ हजार ९ सय रुपैयाँ बराबरका विभिन्न सामान र मोटरसाइकल बरामद गरेको छ। बरामद गरिएका सामग्री तथा सवारी साधन आवश्यक कानूनी प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती नाका हुँदै भित्र्याउन लागिएका ती सामान तथा मोटरसाइकल बिना आवश्यक कागजातको नेपाल भित्र्याइएको थियो। सशस्त्र प्रहरीले तस्करी नियन्त्रण तथा अवैध गतिविधि रोकथामका लागि सीमावर्ती क्षेत्रमा गस्ती र निगरानी अझ कडाइका साथ जारी राख्ने प्रतिबद्धता जनाएको छ।
