वीरगञ्ज–१६ नगवामा एमालेको चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन

राजनीति समाचार

वीरगञ्ज, फागुन  ४ , (सोमबार)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनाउने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको छ।

प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेदवार प्रदीप यादव ले सोमबार आयोजित कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन गर्दै आगामी निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगञ्ज निर्माणको लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए।

उम्मेदवार यादवले कार्यालय स्थापना भएपछि स्थानीय तहमा पार्टी गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मतदाता, समर्थक तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताले चुनावी अभियानलाई अझ सशक्त बनाउने बताए। उनले वडा नं. १६ का सम्पूर्ण मतदातालाई कार्यालयमा स्वागत गर्दै सुझाव, सहयोग र सहकार्यका लागि आह्वान समेत गरे।

एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ अन्तर्गत विभिन्न स्थानमा प्रचार–प्रसार तथा संगठन विस्तारका कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ।

स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको उद्घाटन कार्यक्रममा एमालेप्रति जनसमर्थन बढ्दै गएको दाबी गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *