बिरगंज ,१५ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साले १६० किलो गाँजासहित एक ट्रक र दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मिति २०८१ पुस १४ गते राति करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका-१८, भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखानाको अगाडि सडकखण्डमा प्रहरीले उक्त गाँजा बरामद गरेको हो।
परवानीपुरबाट ड्राइपोर्टतर्फ जाँदै गरेको ना.३ ख ४२१२ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमाथि फल्स हुड बनाई रातो प्लास्टिकमा लुकाइ राखिएको १६ पोका गाँजा फेला परेको थियो। प्रत्येक पोका १० किलोको दरले जम्मा १६० किलो गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अभियुक्तहरूको विवरण:
१) कृष्ण घलान
उमेर: ४४ वर्ष
ठेगाना: मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, कमाने
ट्रक चालक तथा गाडीधनी
२) रोनाल विश्वकर्मा
उमेर: २० वर्ष
ठेगाना: चितवन, झुरझुरे राप्ती नगरपालिका-३
पक्राउ परेका व्यक्तिहरू र बरामद लागुऔषधसहितको ट्रकलाई प्रहरी कार्यालय पर्सामा राखी लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
