खानेपानी मन्त्री प्रदीप यादवद्वारा पाल्पामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण

बिदेश राजनीति समाचार

पाल्पा, पुस १६।रसीद आलम

खानेपानी मन्त्री प्रदीप यादवले आज पाल्पा जिल्लामा निर्माणाधीन तानसेन-कालिगण्डकी बृहत खानेपानी तथा सरसफाई आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। तानसेन नगरपालिकाका करिब ५० हजार जनसंख्यालाई सेवा दिने लक्ष्यसहित शुरु गरिएको यस आयोजना छिटो सम्पन्न गर्न उनले निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री यादवले पाल्पा जिल्लामा देखिएका खानेपानी सम्बन्धी दीर्घकालीन समस्याको समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै नागरिकलाई विश्वास दिलाएका छन्। उनले देशका दुर्गम क्षेत्रमा पुगेर खानेपानीका समस्या बुझ्न र समाधान गर्न अहोरात्र खटिएको जानकारी समेत दिएका छन्।

त्यसैगरी, मन्त्री यादवले बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत पाल्पा जिल्लाको झुम्सा १ नं. पुलको विवाद सम्बन्धी स्थलगत निरीक्षण गरेका छन्। आयोजना प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ती लगायतका विषयमा प्राविधिक टोलीसहित निरीक्षण गर्दै उनले सरोकारवालासँग विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्।

छलफलका क्रममा नागरिकका समस्याका बारेमा प्रत्यक्ष जानकारी लिँदै मन्त्री यादवले खानेपानी सम्बन्धी समस्या समाधानका लागि आफू सदैव प्रतिबद्ध र कटिबद्ध रहेको विश्वास दिलाएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *