पर्सा,४ माघ ।
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ र ४ स्थित बेलवा र भतोरा क्षेत्रमा अवैध रूपमा एलानी जग्गामा रोपिएको १,४०० बोट गाँजा फडानी गरी नष्ट गरिएको छ।
माघ ४ गते दिउँसो १२:२० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा ९ जनाको टोलीले उक्त स्थानमा खटिएर करिब ७ कठ्ठा क्षेत्रफलमा फैलिएको अवैध गाँजाको खेती फडानी गरेको हो। फडानी गरिएको गाँजा सोही स्थानमै नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अवैध लागुऔषध खेती नियन्त्रणका लागि नियमित अभियान जारी राखिएको छ।
