खानेपानी मन्त्री यादवद्वारा नागढुङ्गामा आयोजित कार्यक्रममा सहभागिता

बिदेश राजनीति समाचार

काठमाडौं, माघ १९ ।

खानेपानी मन्त्री प्रदीप यादव नागढुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गाद्वारा आयोजित पाँचौँ वार्षिक साधारण सभा, योजना विवरण पदार्पण तथा सहयोगी सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भए।

उक्त अवसरमा मन्त्री यादवले खानेपानी र सरसफाइलाई देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भका रूपमा वर्णन गरे। उनले सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय समितिहरूको समर्पणले देशलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

वि.सं. २०७२ को विनाशकारी भूकम्पका कारण चन्द्रागिरि नगरपालिका–२ मा खानेपानी आपूर्ति प्रणाली गम्भीर रूपमा प्रभावित भएको स्मरण गर्दै मन्त्री यादवले त्यस्ता चुनौतीहरूको सामना गर्न स्थानीय समितिहरूले खेलेको भूमिकाको प्रशंसा गरे। पाइपलाइन तथा मुहानहरू क्षतिग्रस्त हुँदा स्थानीयवासीले भोग्नुपरेका कठिनाइलाई सम्बोधन गर्न समितिले देखाएको दृढता प्रशंसनीय रहेको उनले बताए।

मन्त्री यादवले खानेपानी व्यवस्थापन, सरसफाइ सुधार, र दिगो विकासका लागि सरकारबाट निरन्तर सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयले थप लगानी, प्राविधिक सहायता तथा आवश्यक नीति सुधारमार्फत सहकार्य गर्ने प्रतिज्ञा गर्दै उनले स्थानीयस्तरका यस्ता पहलहरूलाई सरकारले पूर्ण रूपमा समर्थन गर्ने आश्वासन दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *