कलौनीको मृत्युपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक

बिदेश राजनीति समाचार

धनगढी ,२० माघ। भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन्।

कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए।

गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशंका गरेका छन।
उनले गृहमन्त्रीसँग भने, ‘घटना कतै भएको हो। यता फालेको हो कि भन्ने शँका छ। नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ। कसैले मार्नको लागि बोलाएको हो कि ?’

लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए। घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने उनले आशंका गरेका हुन्।

उनको शरीरमा शीत नरहेको र छोराले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशंका उत्पन्न भएको उनले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *