पर्साको छपकैयामा ७६ थान चाइनीज साइकल वितरण

समाचार

बिरगंज, १ फागुन  ।

सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा ७६ थान चाइनीज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित श्री तारा चन्द्र किशनलाल आधारभूत विद्यालय छपकैयामा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरूलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत साइकल प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर २ का अध्यक्ष म. रेयाज मिया रहेका थिए भने प्रविण विक्रम शाह, प्रेम कुमारी सिंह, अब्दुल कैश मिया, अजित कुमार भुजेल लगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी गयासुदिन ठकुराई तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबू प्रसाद को अध्यक्षतामा सम्पन्न भएको हो। विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको थियो।

चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट का आसिफ हसनको पहलमा उपलब्ध गराइएका ७६ थान चाइनीज साइकल विद्यालयका छात्र-छात्राहरूलाई प्रदान गरिएको हो।

अध्यक्ष हाजी गयासुदिन ठकुराईका अनुसार विद्यार्थीहरूलाई विद्यालय आउन-जान सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको हो।

फाउन्डेसनका साइकल परियोजना अन्तर्गत नेपालभर १,००० नयाँ चाइनीज ‘मयालु’ साइकल वितरण गर्ने लक्ष्य रहेको छ, जसअनुसार आज छपकैयामा ७६ जना विद्यार्थीलाई साइकल प्रदान गरिएको हो।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *