बिरगंज ,१ फागुन ।
सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले विभिन्न स्थानबाट ७ लाख ३७ हजार २ सय ७६ रुपैयाँ बराबरको भन्सार छलिका अवैध सामान बरामद गरेको छ। गुल्म प्रमुख डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा सञ्चालन गरिएको कारबाहीका क्रममा ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिरगंज-१५, चालिस फीट रोड क्षेत्रबाट भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको अवस्थामा ५ लाख ३१ हजार ४ सय रुपैयाँ बराबरका मोटर पार्ट्स नियन्त्रणमा लिइएको छ।
त्यस्तै, बिरगंज-१०, आदर्शनगर क्षेत्रबाट भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको अवस्थामा ६८ हजार ४ सय रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको छ।
बिरगंज-१०, टाउन हल क्षेत्रबाट VCTS (Online) बिल शंकास्पद देखिएकाले १ लाख ३७ हजार ४७६ रुपैयाँ बराबरका मोटर पार्ट्स नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
